कोहलपुरका व्यावसायी खनालद्वारा कोरोना भाइरस रोग बिरुद्ध कोहलपुर क्षेत्रमा औषधी छर्किए



कोहालपुर । 

कोहालपुर उद्योग बाणिज्य संघका पुर्व महासचिव समेत रहेका अगुवा व्यावसायी खनाल विष्णु प्रसाद खनालले कोहलपुर मेडिकल कलेज क्षेत्र वरपर कोरोना विरुद्ध औषधी छर्किएका छन् । खनाल लगायत अन्य व्यवसायीहरुले सेनिटाईज, माक्स, पन्जा लगायत समेत वितरण गरेका छन् ।

व्यवसायी खनालले कोहलपुर नगरपालिकाको मुख्य बजार क्षेत्रमा कोरोना भाईरस रोग बिरुद्ध फिनाईल सहितको सोडियम हाईड्रक्लोरीक सोडियम नामक औषधी छर्किने छौं उनले बताए ।

उनका अनुसार चप्परगौडी बजार क्षेत्र, गन्दर्भ बस्ती, लोकनगर कमैया बस्ती , ईलाका प्रहरी कार्यालय क्षेत्र र कोहलपुरको साझा चोक क्षेत्रमा औषधि छर्कि सकेको बताए । बिगतमा सानो हाते मेसिनले औषधि छर्केकोमा हाल गाडि मार्फत ठुलो मेसिनले छर्कन थालेको खनालले जानकारी दिए ।

खनालको अभियानमा कोहलपुरका आधा दर्जन व्यावसायीले साथ दिएका छन । खनालको टिमले आज पनि मुख्य बजार क्षेत्रको रेलिङको दाया वाया साईडमा छर्केको बताए ।

उन लाई धौलागिरी हार्डवेयरका यमनाथ पौडेल, राजनितिज्ञ एंव समाज सेवी शेषकान्त्त शर्मा , कोहलपुर ११ को दुर्गा मोटर पार्टका सञ्चालक जगन्नाथ खतिवडा, घरेलु महासघ कोहलपुरका महासचिव चिन्तामणी उपाध्याय (सिएम), श्रृष्टी मोटर पार्टसका सञ्चालक बिकास बुढाथोकी लगायतले टिमले सहयोग गरिरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २५ गते मंगलबार