दिल्लीको ‘तब्लीगी जमात’ मा सहभागि भएका नेपालगन्जका ३ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’



नेपालगन्ज

भारतको राजधानी दिल्लीस्थित ईस्लाम समूदायको धार्मिक कार्यक्रममा सहभागि भएका नेपालगन्जका तीन जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ ।

दिल्लीको निजामुद्धिन स्थित तब्लीगी मरकज जमातमा सहभागि भएकाहरु धेरै कोरोना संक्रमण देखिएको छ ।

त्यहाँ सहभागि हुन गएका बिभिन्न देशका नागरिक मध्ये नेपालगन्जका तीन जनाको परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेश कुमार कनोडियाले जानकारी दिए ।

कनोडियाका अनुसार, उनीहरुलाई नेपालगन्ज मेडिकल कलेजको आइसोलेशन कक्षमा राखेर उपचार गरिएको थियो । त्यहाँबाट आएकाहरु कसैमा कोरोनाको लक्षण थिएन भने सामान्य ज्वरो समेत नभएको डा. असिम किदवाईले बताए ।

‘फेरी पनि हामीले तत्कालै उहाँहरुको स्याम्ल राष्ट्रिय ल्याव काठमाण्डौंमा पठायौ र अहिले नतिजा नेगेटिभ आएको छ ।’— डा. किद्वाईले भने ।

#अर्थपेज डटकमबाट

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २२ गते शनिबार