बैजनाथ गाउँपालिकाको आग्रह :आफू खुसी राहात वितरण नगर्नु , गाउँपालिकालाई जानकारी दिनु



कोहलपुर :

बाँकेको बैजनाथ गाउँपालिकाले कोरोना भाइरसको सन्त्रासको समयमा गाउँपालिकामा रहेका विपन्नहरुलाई सहयोग गर्ने जोसुकै संघ संस्था तथा व्यक्तिहरुलाई आफू खुसी राहात वितरण नगर्न आग्रह गरेको छ ।

 

गाउँपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाको अनुमति बिना राहात वितरण तथा चन्दा उठाउन नपाइने जनाएको हो ।

अध्यक्ष मान बहादुर रुचाल ठकुरीद्धारा हस्ताक्षरित विज्ञप्तिमा विश्वभर फैलिएको यस्तो सन्त्रासको समयमा गाउँपालिकामा विभिन्न सामग्री वितरण गर्ने, प्रचार प्रसार गर्ने तथा चन्दा संकलन गर्ने गरेको पाइएकोले त्यसो नगर्न आग्रह गरिएको छ ।

आफु खुसी राहात र सहयोग वितरण गर्दा दोहोरोपना आउने भएका कारण गाउँपालिकाले एकद्धार प्रणालीका माध्यमबाट सहयोगको व्यवस्था गरेको गाउँपालिकामा अनिवार्य अनुपनि लिन भनिएको हो ।

अध्यक्ष ठकुरीका अनुसार गाउँपालिकाको अनुममिा सहयोग गर्नेहरुको सम्पूर्ण तथ्यांक समेत सार्वजनिक गरिने बताइएको छ ।

 

 

 

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १८ गते मंगलबार