भारतबाट आएका नेपाली जमुनाह नाकामा अलपत्र



नेपालगञ्ज/  भारतका विभिन्न ठाउँबाट मजदुरी गरेर नेपाल फर्कदै गरेका दुई सय ५० बढी नेपाली नागरिक नेपाल भारत सिमाको जमुनाह नाकामा सोमबार (आज) बिहानदेखी अलपत्र परेका छन् । प्रदेश नं.५ र कर्णाली प्रदेशका विभिन्न जिल्लाका उनीहरु अहिले केही दशगजा क्षेत्रमा र केही भारतको एसएसबी बल नजिक बसिरहेका छन् । आफूहरु भारतका विभिन्न क्षेत्रमा काम गरेर फर्किएको बताएका छन् । नाका बन्दीबारे आफूहरुलाई थाहा नभएकोले अस्ति नै भारतबाट हिडेको र हिजो भारतमा कर्फ्यु भएपनी त्यहाँस्थित ठाउँ–ठाउँ बाट भारतिय पुलिसहरुले गाडीको व्यवस्था गरेर रुपैडियासम्म पठाइदिएको उनीहरुको भनाई छ । राती २ बजे रुपैडिया पुगेको उनीहरुले छिटोभन्दा छिटो व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।

अहिले त्यहाँ नेपालका तर्फबाट बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, सांसद आईपी खरेल, कृष्ढा केसी नमुना, प्रहरी प्रमुख बीर बहादुर वलीसहतिको टोली पुगेको छ । उनीहरुको उद्धारपपछि कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको सहकर्माी कृष्ण वलीले जनकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १० गते सोमबार