कर्णाली–बाँके विद्यार्थी सम्पर्क मञ्चद्वारा कोहलपुरमा मास्क वितरण



कोहलपुर/   विश्वमा महामारिका रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात (कोभिट–१९) को संक्रमण भित्रिन नदिन बाँकेमा उच्च सर्तकता अपनाइएको छ । बाँकेसँग जोडिएका सिमानाका बन्ददेखि बजार क्षेत्रका विभिन्न चोकहरुमा हात धुने व्यवस्था, मास्क वितरण लगायतका कार्यलाई तिव्रता दिइएको छ ।यस्तै आइतबार (आज) कर्णाली–बाँके विद्यार्थी सम्पर्क मञ्चको आयोजनामा कोहलपुरको न्युरोडमा मास्क वितरण गरिएको छ । विश्वमा स्वास्थ्य समस्याका रुपमा फैलिएको कोरोना बाँकेमा पूर्व तयारीका लागि साढे पाँच सय मास्क वितरण गरिएको मञ्चका अध्यक्ष अमृत खत्रीले जानकारी दए ।

बाटोमा हिड्ने आम नागरिक तथा सवारी चालकहरुलाई कोरोनाबारे सचेतनामूलक जानकारी दिँदै मास्क वितरण गरिएको बागेश्वरी बहुमुखी क्याम्पस अनेरास्ववियूका अध्यक्ष हेमन्त भट्टराईले जानकारी दिए ।

यस्तै अहिले छिमेकी देशहरुमा समेत कोरोनाको प्रभाव देखिएकाले त्यसबारे सर्तकता अपनाउँदै पूर्व स्वरुप मास्क वितरण कार्यक्र मगरिएको अनेरास्ववियूकै अर्का नेता सुमन घिमिरेले बताए ।Image may contain: 2 people, outdoor

कोहलपुरको न्यूरोडमा सञ्चालन गरिएको मास्क वितरण कार्यक्राममा नेकपाका नेता सुर्य ढकाल, बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियू सभापति दिनेश केसी, कर्णाली–बाँके विद्यार्थी सम्पर्क मञ्चका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

Image may contain: 4 people, people standing, shoes and outdoor

  • No tags available
प्रकाशित मिति : २०७६ चैत ९ गते आइतबार