बालविवाह अन्त्यका लागि कार्याशाला



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा बालविवाह अन्त्यका लागि कार्याशाला गरेको छ । कोहलपुर नगरपालिकाको आयोजनामा बालविवाह अन्त्यका लागि कार्ययोजना निमार्ण सम्बन्धि बुधबार कार्याशाला हो ।

कार्यशालामा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले कोहलपुर नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि निर्देशिका बनाएर पास गरिसकेको बताए ।

ऐन निति, नियममा बालबालिकाको अधिकार सुनिश्चि गरिसकेका छौ उनले भने अब कार्यन्वयमा बढि प्राथामिकता दिनुपर्दछ । कोहलपुर नगरपालिकाका वडा नम्बर ३ र १२ लाई नमूना बालमैत्री बनाउने योजना भएको उनको भनाई थियो ।

त्यस्तै कोहलपुर नगरपालिका वडा नं ११ का वडाध्यक्ष कर्ण बहादुर थापाले बालविवाह उनकै अकाल मै मृत्यु निम्त्याउनु जस्तै भएको बताए । उनीहरुको उमेर नपुगि गरेको बिवाह गरेपछि निकै समस्याले ग्रसित हुन्छन् उनले भने यसको अभिभावक र साथीहरुले जिम्मेवारी लिनुपर्दछ ।

२० वर्ष पुगेपछि मात्र िववाह गर्नुपर्दछ भन्ने सन्देशहरुलाई गाउँगाउँ सम्म पु¥याउन जरुरी रहेको उनको भनाई थियो । कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास समिती संयोजक नारायणी वली, नगरशिक्षा शाखा प्रमुख अन्नत कुमार पौड्डयाल, स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेल लगायतको सहभागीता रहेको थियो भने प्लान ईन्टरनेशनलको आयोजना र स्याक नेपालको समन्वय र सहकार्यमा संचालन गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत ५ गते बुधबार