कोहलपुरमा आन्दोलन उग्र बन्दै, स्थिति तनावग्रस्त, सवारी आवागमन प्रभावित



कोहलपुर –

बाँकेको कोहलपुर नगरपालिका–९ पिपरी चोक नजिकै टिप्परले ठक्कर दिँदा एक महिलाको ज्यान गएपछि कोहलपुर तनावग्रस्त छ ।

बुधबार बिहान झण्डहवा गाउँदेखि हाइवेतर्फ आइरहेको रा १ ख २१८८ नंम्बरको टिप्परले ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की ४५ वर्षीय रामपति थारुको ज्यान गएको थियो ।

घटनाको विरोधमा आन्दोलनकारीले तिरन्तर सडकमा टायर बाल्दै आन्दोलन गरिरहेका छन् । कोहलपुरको पिपिरी चोक देखि हाईस्कुल सम्म पाँच वटा स्थानमा आन्दोलनकारीले टायर बाल्दै सवारी आवागमन पूर्ण रुपमा बन्द भएको छ ।

ठक्कर दिने चालक र टिप्परलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ । तर स्थिति तनावग्रस्त हुन थाले पछि घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी ठूलो मात्रामा परिचालन गरिएको छ । आन्दोलनकारीहरुको टोली कोहलपुरको मुख्य सहर क्षेत्र प्रवेश गर्दैछ ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन २८ गते बुधबार