११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा असहायलाई फलफूल वितरण



 कोहलपुर । 

नीलसागर असाहय तथा बृद्धसेवा केन्द्र कोहलपुरमा रहेका असहायहरुलाई फलफूल वितरण गरिएको छ ।

घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समिति र महिला समितिको आयोजनामा असाहयलाई फलफुल वितरण गरिएको हो ।

महिला समिति तथा कार्याबाहक अध्यक्ष डिला तिवारीको नेतृत्वमा फलफूल वितरण गरिएको कोहलपुर समितिका सदस्य विन्दु विसीले
बताइन् ।

उनका अनुसार दिवसको अवसर पारेर उनीहरुलाई सहज होस भनेर फलफूल वितरण गरिएको हो ।

कार्यबाहक अध्यक्ष तिला तिवारीले केन्द्रमा रहेका असहायहरुलाई सहयोग पुगोस भन्ने ध्येय वितरण गरिएको जानकारी दिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन २५ गते आइतबार