कोहलपुर ।
नेपाल प्रेस संगठन बाँकेको जिल्ला भेला तथा सपथग्रहण कार्यक्रमको मिति सार्वजनिक गरिएको छ । जिल्ला संयोजक डक्ट धिताल, सहसंयोजक हेमन्त बिक लगायत बाँकेबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यको भेलाले जिल्ला भेला तथा सपथग्रहण कार्यक्रमको मिति तय गरेको हो ।
यहि फागुन २१ गते राप्तीसोनारी गाउँपालिकाको अगैयास्थित पिकनिक पार्कमा हुने जिल्ला भेलामा जिल्ला कार्यसमितिका सदस्यहरुको सपथग्रहण कार्यक्रम समेत राखिएको प्रेस संगठन बाँकेका संयोजक धितालले जानकारी दिए ।
छलफलले प्रेस संगठनको नयाँ सदस्यताको लागि आवेदन खुल्ला गर्ने र पुराना सदस्यहरुको नविकरण गर्ने निर्णय समेत गरेको छ । तत्कालिन प्रेस चौतारी र प्रेस सेन्टर एक भई प्रेस संगठन बनेपनि एकता भेला र जिल्ला कार्यसमिति सदस्यको सपथग्रहण गर्न भने बाँकी छ ।
प्रकाशित मिति : २०७६ फागुन १५ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्