कोहलपुर ।
बाके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकद्वारा राप्तीसोनारि र नरैनापुरको विद्युतिकरणमा ठेकेदारको लापरवाही गरेको भन्दै ठेक्का बदर गर्न माग गरेका छन् । उनले बुधबार सदनको सुन्य समयमा बोल्दै उक्त माग गरेका छन् ।
सुन्य समयमा बोल्दै साँसद हथकले २०६६ सालमै ग्रामिण बिद्धुतिकरणको ठेक्का पाएको श्रीम् उष्मा गौरी पार्बती जे भी ले ८६ लाख रुपैया मोबिलाइजेशन चार्ज भनेर लगि सकेको र हालसम्म पनि काम नगरेको आरोप लगाएका छन् ।
उनले साँसदमा सम्बन्धित सबै सरोकारवालाको ध्यान आकर्षित गराउँदै ठेकेदारले १८ महिनामा काम सम्पन्न गर्ने भनि सम्झौता गरेको र बर्षौ बित्दा पनि काम गर्न नसकेकोले यथा सिघ्र ठेक्का बदर गर्नपर्ने माग जायज भएको सुनाए ।
३३ के भी प्रशारण लाइनको काम सम्पन्न भइसक्दा पनि बाकी काम नगरिदिदा योजना अलपत्र पारेको उनले सुनाए । सासँद अथकले राप्तीपारीको बिद्धुतीकरणका लागी कुनै बाधा अवरोध नभएपनि काम नगर्ने ठेकेदार लाइ बिद्धुत प्राधिकरण ठेक्का रद्द गर्न ÷नसकेकोमा दुख ब्यक्त गर्दै यथा सीघ्र ठेक्का रद्द गरि नयाँ प्रकियाबाट जान माग गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्