वेष्टर्नमा मिस एण्ड मास्टर ईभेन्ट



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ५ मा रहेको वेष्टर्न सेकेण्डरी स्कुलमा बिहिबार फरक दृष्य देखियो ।

विद्यालयमा अध्ययनरत वालवालिकाहरु (याम्पमा क्याट वाक गर्न तल्लिन थिए । विद्यालयले जिल्लामै पहिलो पटक स्कुले वालवालिकाहरुकालागि संचालन गरेको ‘मिस एण्ड मास्टर ईभेन्ट’ मा सहभागी वालवालिकाहरु (याम्पमा उत्रिएका हुन ।

वालवालिकाहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउने उद्धेश्यले विद्यालयले जिल्लामै पहिलो पटक मिस एण्ड मास्टर ईभेन्ट र ब्युटी कन्टेस्ट आयोजना गरेको विद्यालयका पिन्सीपल उमेश श्रेष्ठले जानकारी दिए ।

विद्यालय प्राङ्गणमा निर्माण गरीएको मञ्चमाथीको ¥याम्पमा वालवालिकाहरुले ब्यवसायीक मोडलजस्तै क्याट वाक गरेका थिए । साथै सो अवसरमा ब्युटी कन्टेस्ट समेत आयोजना गरीएको थियो । ‘मिस एण्ड मास्टर ईभेन्ट’ र ‘ब्युटी कन्टेस्ट’ मा उत्कृष्ट हुने वालवालिकाहरुलाई पुरस्कृत गरीएको थियो ।

वार्षिक क्यालेण्डर अनुसार हरेक वर्ष विभिन्न गतिविधिहरु संचालन गर्दै आईरहेको विद्यालयले फुड फेस्टीभल समेत संचालन गरेको थियो । फेस्टीभलमा विद्यालयमा अध्ययनरत वालवालिकाहरुले तयार पारेका विभिन्न परिकारहरु प्रदर्शकनीमा राखिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन ९ गते शुक्रबार