कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा लागुऔषध प्रयोगकर्ताहरु तिव्ररुपमा बढेपछि त्यसलाई न्यूनिकरण गर्नका लागि अभियान नै सञ्चालन गरिएको छ । हाम्रो आवाज, लागुऔषधको प्रयोगबाट मुक्त समाज भन्ने मुल नाराका साथ कोहलपुर नगरपालिकाको आर्थिक सहयोग र समाज सेवा संस्था नेपालको आयोजनामा अभियान सञ्चालन गरिएको हो ।
मंगलबार राम माध्यामिक विद्यालय र राष्ट्रिय माध्यामिक विद्यालयका बालबालिकाहरुलाई लागुऔषध दुव्र्यसन सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरिएको थियो । लागुऔषध प्रयोग गर्नाले के कस्तो असर पर्दछ, यसले समाजमा कस्तो असर पर्दछ र आफ्नो शरिलाई के गर्दछ भन्ने बारेमा सचेतना गराइएको समाज सेवा संस्था नेपालका अध्यक्ष बिनोद थापाले जानकारी दिए ।
लागुऔषध नियन्त्रण व्यरो बाँकेका प्रमुख विर बहादुर थापा, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख कुलदिप चन्द लगायतको समेत सहभागिता रहेको थियो भने अभिभावकहरुको पनि सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्