कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको सिर्जना बाल प्राथामिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक साम्रागी वितरण गरिएको छ । मंगलबार मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत ८० जना विद्यार्थीहरुलाई शैक्षिक साम्रागी वितरण गरिएको हो ।
कोहलपुर नगरपालिका वडा नम्बर १४ की दलित महिला सदस्य शान्ति सुनारले बालबालिकालाई शैक्षिक साम्रागी हस्तान्तरण गरेकी थिइन् ।
संस्थाका शाखा प्रबन्धक निर्देशक पूर्ण प्रसाद शर्माले लद्युवित्त संस्थाहरुले पनि सामाजिक उत्रदायित्व कार्यक्रम गर्ने भनि निर्णय गरेकोले सो कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । ‘६० जिल्लामा २१२ वटा शाखाहरु स्थापना भैसकेका छन्’ उनले भने । बालबालिकाहरुलाई झोला, कापी र कलम प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्राधानाध्यापक कल्पना वली, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अनुगमन अधिकृत अवदेश कुमार झा लगायतको उपस्थित रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्