रावन बिश्वकर्मा, बाँसगढी ।
बर्दियाको बाँसगढी नगरपालिकाको राँझामा छैठौँ अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । ‘आत्मरक्षा, अनुशासन र विकासका निमित्त खेलकुद’ भन्ने नाराका साथ राँझा हिमाल इंलिस मेडियम बोडिङ्ग स्कुलको आयोजनामा शुक्रबार देखी खेलकुद प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता बाँसगढी नगरपालिका वडा नम्बर २ का अध्यक्ष घमण्ड चन्दले उद्घाटन गरेका थिए । उनले बाँसगढी नगरपालिकाले खेल क्षेत्रको विकासका लागि एक वडा एक खेल मैदानको योजना अघि सारेको बताए । उनले खेल क्षेत्रको विकास आवश्यक भएकाले युवाहरु खेलकुदको विकास र सम्बद्र्धनका लागि क्लव गठन गरेर आए नगरपालिकाले सहयोग गर्ने कुरामा समेत जोड दिए ।
राँझा हिमाल इंलिस मेडियम बोडिङ्ग स्कुलका संस्थापक तथा प्रिन्सिपल थल बहादुर वलीले विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धिका लागि पनि खेल आवश्यक रहेको बताए । स–साना बालबालिकाहरुलाई लक्षित गरी खेलकुदको आयोजना गरिएकाले खेल क्षेत्रको विकासका लागि टेवा पुग्ने उद्घाटन सत्रमा बोल्ले वक्ताहरुको जोड थियो । प्रतियोगिताको पहिलो दिन छात्र छात्रा १ सय मिटर दौड र भलिबल खेल भएका थियो । पहिलो दिन भएको १ सय मिटर दौडमा छात्र र छात्रा तर्फ दुबैमा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय लक्ष्मणुरले प्रथम स्थान हात पार्न सफल भएको छ ।
त्यस्तै गोल्डेन चिसापानीले छात्र र छात्रा तर्फ दुबैमा द्धितिय स्थान हात पारेको छ भने छात्र तर्फ चिल्डे«न लाईफ र छात्रा तर्फ ने.रा मा.वि बाँसगढीले तृतीय स्थान हात पारेका थिए । भलिबल तर्फ छात्र छात्रा दुवै खेलमा राँझा हिमाल इंलिस मेडियम बोडिङ्ग स्कुल र नेरा मावि लक्ष्मणपुर फाइनलमा प्रवेश गरेका छन् । शनिबार ‐आज)भलिबलको फाइनल खेल सँगै अन्य खेलहरु पनि हुने जनाइएको छ । प्रतियोगितामा बाँसगढी नगरपालिकाका भित्रका ८ वटा विद्यालयले सहभागिता जनाएका छन् ।









प्रतिक्रिया दिनुहोस्