सुर्खेत ।
सुर्खेतमा लखागीन साहित्य श्रृंखला सुरु भएको छ । जंग्रार साहित्यिक बखेरीको शाखाले लखागीन साहित्य श्रृंखला सुरु गरेको हो । सुर्खेत अवस्थित काँक्रेविहारको पहाडलाई थारु भाषामा लखागीन भन्ने भएकोले सुर्खेतमा रहेका थारु समुदायको भाषा, साहित्य, संस्कृतिको विकास, प्रवद्र्धनको उद्देश्यले यो नामाकरण सहित अगाडी बढेको संयोजक मान बहादुर चौधरी‐पन्ना)ले जानकारी गराए । सुर्खेतका ३६ वटा गाउँमा २०६८ सालको जनगणना अनुसार थारु समुदायको जनसंख्या ६ हजार ८ सय ९० छ ।
थारु समुदायलाई भाषा, साहित्य र संस्कृतिको धनी समुदाय भएता पनि यसको संरक्षण र संबद्र्धणका लागि खासै परिणाममुखी पहल नभएको भन्दै उनले गुनासो गरेका छन् । भाषा र साहित्य उत्थानका लागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने थारु कल्याणकारिणी सभा, सुर्खेत शाखाका अध्यक्ष बेचुलाल चौधरीले बताए । साथै, आगामी दिनमा थारु समुदायका व्यक्तिले आफ्ना बालबालिकाको नाम लेखाउँदा थरको रुपमा थारु लेखाउनु पर्ने आवश्यकता बताए ।
नेपालको संविधानमा बिभन्न समुदायको राष्ट्रिय भाषाको सम्मानका साथै उपयोगको अधिकार भएकाले थरुहट क्षेत्रमा थारु भाषालाई कामकाजको भाषा बनाउनु पर्ने भएकाले यस्ता खाले साहित्यिक अभियान मार्फत वकालत र सचेतना जगाउनु पर्ने जंग्रार साहित्यिक बखेरीका केन्द्रीय अध्यक्ष जोगेठ्वा सोम डेमनडौराले बताए । आगामी दिनमा नियमितरुपमा हरेक महिनाको तेस्रो हप्ताको शनिबार बहुभाषिक साहित्यिक श्रृंखला चलाउने बखेरी सुर्खेतका संयोजक मान बहादुर चौधरी पन्नाले जनाए ।









प्रतिक्रिया दिनुहोस्