कोहलपुर ।
बाँकेको कोहलपुर नगर विकास समितिको कार्यालयमा तालाबन्दी भएको छ ।
कोहलपुर नगर विकास समितिद्धारा घडेरी खरिद् गरेका ११ जना व्यक्तिले आफ्नो नाममा रहेको जग्गा प्रयोग गर्न नपाएको भन्दै तालाबन्दी गरेका हुन् ।
११ जनाको नाममा रहेका जग्गामा बसेका र बनाइएका अबैध संरचना हटाएर खाली गर्नु पर्ने, बाटो खोल्नु पर्ने र ग्राभेल गरिनु पर्ने र सबै घडेरीको चार किल्ला छुट्याउनु पर्ने माग गरेका छन् ।
पिडित काशिराम कोइरालाले नगर विकास समितिले आफूहरुले राखेका माग पुरा नगरेकोले तालाबन्दी गरिएको बताए । उनका अनुसार माग सम्बोधन नभए सम्म तालाबन्दी यथावत् रहने छ ।
उनी सहित ११ जनाले दुई वर्ष अघि प्रतिव्यक्ति ५० लाख देखि ८० लाख लागतमा घडेरी खरिद् गरेका थिए । अहिले उनीहरुको जग्गा अतिक्रमणको अपेटामा परेको छ ।
अबैध रुपमा बनेका संचरना नगर विकास समितिले हटाउन सकेको छैन । उता नगर विकास समितिका अध्यक्ष लुट बहादुर रावतले पिडितको समस्या समाधान हुने बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्