साढे एक करोडमा बैजनाथमा सरफ उद्योग



कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा स्वदेशी उत्पादनको रुपमा सरफ उद्योग स्थापना गरिएको छ । देशभर रहेको भारतीय उत्पादनको दबदबालाई विस्थापन गरि स्वदेशी उत्पादनको बजारीकरणको लागि साढे एक करोड लागतमा उद्योग सञ्चालनमा ल्याईएको हो । गत भदौदेखी ‘कर्णाली सोप एण्ड केमिकल ईन्डष्ट्रिज’ नामक सरफ उद्योग सञ्चालनमा आएको थियो ।

उद्योग वैदेशिक रोजगारीबाट फर्किएका तीन जना यूवाहरुले सञ्चालन गरेका हुन् । उद्योगले अहिले यहाँको बजारलाई लक्षित गरी ‘असल’ नामक ब्राण्डका तीन वटा वस्तु उत्पादन गरिरहेको छ । उद्योगका मुख्य उत्पादन सरल नामका सरफ, ट्वाईलेट क्लिनर र फिनाईल उत्पादन भईरहेको कर्णाली सोप एण्ड केमिकल ईन्डष्ट्रिजका सञ्चालक तथा म्यानेजर तुल बहादुर खत्रीले बताए । उनका अनुसार उद्योगबाट अन्यको भन्दा गुणस्तरीय सरफहरु उत्पादन भईरहेको छ । उनी २ वर्षको वैदेशिक रोजगारीबाट स्वदेश फर्किएर स्वदेशमा कर्म गर्न लागेका हुन् ।

दुई वर्ष दक्षिण अफ्रिकामा बसेका खत्री विदेशमा सिकेको सिप र ज्ञानको स्वदेश मै बसेर कर्म गर्ने र लगानी गरेको बताउँछन् । ‘आफ्नो देशमा केही नयाँ काम गर्नुपर्छ भनेर तीन जना लागिपरेका छौ’ उनले भने, ‘पश्चिम क्षेत्रमा केही नयाँ गुणस्तरीय उत्पादन दिने हाम्रो उद्देश्य छ ।’ यहाँको उत्पादन अहिले बाँके र बर्दिया जिल्लामा बिक्रि वितरण भईरहेको छ । अहिले उद्योगको उत्पादनको बजारमा माग बढ्दै गएको समेत उनले बताए । उनका सहकर्मी पुष्प बहादुर रावल र अक्कल बहादुर सिंह हुन् ।

‘बजारमा अहिले भारतीय सरफको दबदबा छ, यसको विस्थापन हाम्रो उद्देश्य हो ’ सिंहले भने, ‘असल ब्राण्डलाई मेची देखी कालीसम्म पु¥याउने छांै ।’ ‘नाम पनि असल काम पनि असल’ मुख्य नाराका साथ उद्योग सञ्चालन भईरहेको हो । पहिलो चरणमा केही संख्यामा बेरोजगारलाई रोजगारी समेत प्रदान गरिएको छ । अर्को वर्षबाट अझै व्यवस्थित रुपमा अघि बढ्ने उनीहरुले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ १७ गते शुक्रबार