कोहलपुर ।
लेखक तथा साहित्यकार महानन्द ढकालको शब्द रचना रहेको देशभक्ति गित सार्वजनिक भएको छ । हाम्रो प्रर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष समेत रहेका ढकालको शब्द सिर्जनामा देशभक्ति गित ‘यो ज्यान मेरो नेपाल’ नाम गित सार्वजनिक भएको हो । गितमा बीपी वाग्लेको स्वर र संगित रहेको छ । कलाकार बिना नै गितको भाव झल्कने खालको भिडियो
को भिजुअल ग्राफिक्स समेत भिडियो समेत तयार गरिएको छ । उक्त भिडियोको ग्राफिक्स निराजनसिंह ठकुरीले तयार गरेका हुन् ।
गितको निर्देशन भने नारायण तिमल्सिना ‘गोर्खाली’ले गरेका थिए । गितले सम्पूर्ण देशवासीबीच एकता र राष्ट्रियताको भावना उजागर गर्ने खाल भएको रचनाकार ढकालले बताए । उनका अनुसार देश विकासमा यूवाहरुको भूमिका, राष्ट्रियता, स्वाधिनता लगायतका विषयमा शब्द समेटिएका छन् । देश तथा विदेशमा रहेका नेपाली र देशलाई प्रेम गर्ने रहेक नेपालीको विश्वास जित्ने उनको आशा छ । ढकाल मिसन टुडे दैनिका साहित्यिक सम्पादक समेत हुन् ।








प्रतिक्रिया दिनुहोस्