होटल व्यवसायी संघद्वारा साईकल यात्रीलाई कोहलपुरमा स्वागत



कोहलपुर/  होटल व्यवसायी संघ बाँकेले मेची महाकाली यात्रामा निस्किएका साईकल यात्रीहरुलाई कोहलपुरमा स्वागत गरेको छ । साइकलबाटै देश दौदाहमा निस्केका विशालजंग शाह, युराज बुढाथोकी र बेल्जियम नागरिक एलोनको टोलीलाई होटल व्यवसायी संघका अध्यक्ष एकनारायण चापागाईले फुलमालासहित लगाएर स्वागत गर्नु भएको होे ।

साईकलबाटै मेची महाकाली यात्रामा निस्किएको साईकलयात्री शाहले साईकलयात्रा किन गर्ने, के का लागि गर्ने, यसबाट के फाइदा हुन्छ लगायतका बारेमा जानकारी लिनका लागि आफूहरु साईकल यात्रामा निस्किएको बताए । यसको मुख्य उद्देश्य प्रकृतिको संरक्षण रहेको समेत उनले बताए । यसको लागि विभिन्न स्कुल, कलेज, जनप्रतिनिधि तथा अन्य संघ संस्थाहरुसंग सहकार्य गरिरहेको उनको भनाई थियो ।

यस्तै ७ वटा भन्दा देशमा साइकल यात्रा गरिसकेका बेल्जियम नागरिक एलोनले नेपाल सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेपनि अझै पनि पर्यटकमैत्री वातावरण तयार भइनसकेको बताए । पूर्वको मेचीदेखि सुरु भएको साईकल यात्रा विभिन्न ठाउँ हुँदै पश्चिम महाकाली र त्यहाँबाट उत्तरमा कोरला नाका हुँदै दक्षिणमा विरगन्जसम्म पुग्ने बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २९ गते मंगलबार