27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

वर्षातले बुटवल मेला स्थगित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस १९, २०७६  

बुटवल ।

बुटवल उपमहानगरपालिका वडा ११ देवीनगरमा बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गरेको औद्योगिक व्यापार मेला प्रभावित भएको छ । मौषममा आएको बदलावसँगै भएको वर्षाका कारण शुक्रबार तय गरिएका सबै कार्यक्रम स्थगित भएका थिए ।

बिहानैदेखि परेको वर्षाका कारण शुक्रबारका सबै कार्यक्रम स्थगित भएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले जानकारी दिए ।

उनका अनुसार मेलामा शनिबार ‐आज) देखि नियमित रुपमा कार्यक्रम सञ्चालन हुनेछ । मेलामा वर्षातका कारण उद्योगी व्यबसायी, तथा उपभोक्तालाई समेत पर्न गएको असुविधा पर्न गएको बताउँदै अध्यक्ष हमालले प्रकृतिलाई कसैले पनि रोक्न नसकिने उल्लेख गरे ।

पुसको ९ गतेदेखि सञ्चालन गरिएको २० औं संस्करणको औद्योगिक व्यापार मेला २३ गतेसम्म सञ्चालन गर्ने पूर्व तयारीका बीच भएको वर्षातले मेला सञ्चालनमा केही समस्या आएपछि मेलामा निर्माण गरिएका संरचना तथा राखिएका स्टलहरुमा कुनै प्रकारको क्षेती नभएको मेला सचिवालयले जानकारी दिएको छ ।

मेला सचिवालयका अनुसार शुक्रबार स्थगित भएका सबै कार्यक्रम शनिबार देखि यथावत रुपमा सञ्चालन गरिने छ भने मेला अवलोकनका लागि समेत शनिबारदेखि खुल्ला गरिने छ ।

प्रकाशित मितिः शनिबार, पुस १९, २०७६     9:45:08 AM  |