कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा रहेको प्याब्सन कोहलपुरको आयोजनामा अन्तर विद्यालय स्तरीय फूटबल प्रतियोगिता सुरु भएको छ । प्याब्सन कोहलपुरसँग आबद्ध विद्यालयमा अध्यययनरत विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम अन्तरर्गत १४ वर्ष मुनीका विद्यार्थीको सहभागिता रहने गरी अन्तर विद्यालय स्तरीय फूटबल प्रतियोगिता सुरु भएको हो ।
शनिबार एक कार्यक्रमका बीच प्रतियोगिताको कोहलपुर नगरपालिका अन्तर्गत शिक्षा शाखा प्रमुख अनन्त कुमार पौडेलले प्रतियोगिताको उद्घाटन गरेका थिए । उनले यस्ता खाले प्रतियोगिताले विद्यार्थीको क्षमता प्रर्दशन गर्ने माध्यम भएको बताए । ‘विद्यार्थीलाई कक्षाकोठामा मात्र नभएर अतिरिक्त क्रियाकलापमा प्रेरित गर्नु राम्रो हो’ उनले भने ।
प्रतियोगिताको अन्तरर्गत पहिलो दिन शनिबार १० वटा खेल भएको प्याब्सन कोहलपुरका सचिव गोविन्द सुवेदीले जानकारी दिए । उनका अनुसार प्रतियोगिता आज सकिनेछ । १५ वटा विद्यालय सहभागी प्रतियोगिताको दोस्रो दिन आज पहिलो चरणमा छात्रा फूटबल प्रतियोगिता हुने र त्यसपछि फाईनल हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्