26 July 2024  |   शनिबार, साउन १२, २०८१

स्वजनको साधारण सभा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस ६, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको स्वजन बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ । शुक्रबार बाँके जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष भुपेन्द्र प्रसाद अधिकारीले साधारण सभाको उद्घाटन गरेका थिए । उनले सहकारीले नेपाली जनताको सुख, दुखमा साथ दिएको बताए ।

‘किसानहरुले एक÷एक पैसा जम्मा गरी लाखौ करौडोको कारोबार गर्दछन्’ उनले भने, मानिसलाई जति बेला समस्या हुन्छ त्यति बेला सहकारीले सहयोग गरेको हुन्छ ।’ यस्तै स्वजन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुष्पराज हमालले २३ लाख बराबरको कारोबार गरेको बताए । ‘पहिलो पटक २५ जनाको सदस्यताबाट सुरु गरेका थियौं’ उनले भने, ‘अहिले ४ सय बराबर सदस्यहरु भैसकेका छन् ।’

उनले भविष्यमा नमूना सहकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । साधारण सभाको अवसरमा उत्कृष्ट ७ जनालाई पुरस्कार सहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा बचतकर्तामा तिकल बहादुर बुढा, मिना चौधरी, बाल बचतमा लाल बहादुर चौधरी, नारी समृद्धि बचतमा मनिसा गिरी, ऋणीमा सदस्य शसि आचार्य, कर्मचारीमा शोभा मल्ल, बजार प्रतिनिधिमा प्रार्वती आचार्य रहेका छन् । साधारणसभामा सहकारीका शेयर सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः आइतवार, पुस ६, २०७६     12:21:13 PM  |