26 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

अर्घाखाँची –कोहलपुर सम्पर्क समाज गठन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६  

कोहलपुर ।

अर्घाखाँची जिल्लाका विभिन्न स्थान बाट स्थान्तरण भई कोहलपुरमा आई स्थायी तथा अस्थायी बसोबास गर्ने अर्घाखाँची बासीहरुको वृहत भेलाले शुक्रबार अर्घाखाँची –कोहलपुर सम्पर्क समाज गठन गरेको छ । संविधान सभा सदस्य माननिय देवराज भारको प्रमुख आथित्यमा भएको वृहत भेलाले हिमलाल घिमिरेको अध्यक्षतामा १५ सदस्य तदर्थ समिती गठन गरेको हो ।

जसको उपाध्यक्ष बिम्मी पन्थी,सचिव दिपक अर्याल,सहसचिव निलकण्ठ घिमिरे ,कोषाअध्यक्ष एकराज घिमिरे निर्विरोध चयन भएका छन् । त्यसैगरी समाजको सदस्यहरुमा क्रमश विष्णु प्रसाद बेल्बासे, नेत्र पौडेल ,चुडामणी घिमिरे,नारायण अधिकारी,मधु खनाल,थानेश्वर भुसाल, मोति घिमिरे , शिवहरी पौडेल र मेघनाथ घिमिरे रहेका छन् ।

त्यस्तै भेलाले ५ सदस्यीय सल्लाकार समिती चयन गरेको छ । जसको प्रमुख सल्लाकारमा माननिय देवराज भार र सल्लाकारहरुमा गोपाल खनाल, धर्म केसी,एकदेव पन्थी र कुलानन्द खनाल रहेका छन् । समाजले कोहलपुरमा रहेका अर्घाखाँचीबासीहरुलाई एकतावद्ध गराउने , भाईचाराको सम्वन्ध बढाउने , कोहलपुरको विकास र समृद्धिको लागी पहल कदमी चाल्ने लगायतका सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा सक्रियता देखाउने बताइएको छ ।

साथै कोहलपुर लगायतका ठाँउहरुमा बसोबास गर्ने अर्घाखाँची बासीहरुको नामावली संकलन ,बनभोज कार्यक्रम तथा वृहत भेला गरि साधारण सभा गर्ने तर्दथ समितिका अध्यक्ष हिमलाल घिमिरेले बताए ।

प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६     7:42:08 PM  |