27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

सम्पाकीय : दुर्घटनाले सिकाएको पाठ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, मंसिर २६, २०७६  

सवारी दुर्घटनाको विषयलाई लिएर बाँकेको कोहलपुर दुईदिन निकै तनावग्रस्त बन्यो । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र सुरक्षाकर्मी बिच झडप हुँदा दुवै तर्फ ५० जनाभन्दा बढी घाइते हुन पुगे । आईतबार बिहान ट्रकले स्कुले बालिका प्रकृती चन्दलाई ठक्कर दिएर गम्भिर घाइते बनाएपछि प्रदर्शन सुरक्षाकर्मीको नियन्त्रण बाहिर जान पुग्यो । गम्भिर घाइते बालिका चन्दको उपचार अहिले काठमाडौंमा भइरहेको छ । आन्दोलनको क्रममा घाइते भएका अन्य १० जनाको समेत काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको अवस्था छ ।

तर दुर्घटनाको विषयलाई लिएर कोहलपुरमा भएको आन्दोलनले धेरैलाई पाठ सिकाएको छ । सामान्यतया आन्दोलनमा केही असहज वातावरण सिर्जना हुन्छ नै । तर विद्यार्थीहरुलाई प्रयोग गरेर गरिएको आन्दोलनले पक्कै केही पाठ भने सिकायो । अझ सहपाठीलाई ठक्कर दिएर गम्भिर घाइते बनाएपछि आक्रोशित भएका विद्यार्थीमाथि बल प्रयोग गरिएको भन्दै प्रहरी आलोचित हुनुप¥यो । यो घटनाले त्यती मात्र होइन बाँकेमा ट्राफिक प्रहरीको कमजोरी समेत कती छ भनेर बाहिर ल्याइदिएको छ । जेब्रा क्रस मा नै विद्यालय हिडेकी बालिका गम्भिर घाइते भएर अस्पतालको बेडमा पुग्नुप¥यो । यस क्षेत्रमा पछिल्लो समय आन्दोलनका घटना भईरहेका छन् । दैनिक जसो हुने दुर्घटनाका कारण अकालमा ज्यान गुमाउनेहरु सख्ङ्या समेत बढिरहेको अवस्था छ । अर्कातिर धेरै अंगभंग समेत हुन्छन् । दैनिक जसो तीव्र गतिका कारण हुने दुर्घटनामा स्कुले बालबालिका र विद्यार्थी प्रभावित हुने गरेका
छन् । बेला बेला दुर्घटनाका विषयलाई लिएर आन्दोलन र झपडको स्थिति समेत आउँछ । यस्ता प्रकारका घटना बेला बेलामा हुने गरेका छन् ।

कोहलपुरको आन्दोलन एक प्रतिनिधि घटना हो । यस घटनाकाले धेरैको कुराको पाठ समेत सिकाएको छ । यसबाट हामी सबैले राम्रो पाठ सिक्नु पनि जरुरी रहेको छ । सबै भन्दा ठूलो पाठ अभिभावकहरुले सिक्नु पर्ने भएको छ । सरकारी तथा निजि विद्यालय धेरै छन् यस क्षेत्रमा । अभिभावकहरुले आफ्ना बालबालिकाका राम्रो ख्याल गरेको देखिदैन । तीव्र जनसंख्या बृद्धि सँगै सवारी चाप समेत बढ्दो क्रममा रहेको छ । सवारी चाप बढेसँगै दुर्घटना समेत बढिरहेका बेला यो दुभाग्र्य पुर्ण घटना भएको हो । यस घटनाबाट के बुझ्न सकिन्छ भने सडक सुरक्षा योजना र स्वयम् ट्राफिक प्रहरी प्रति विस्वसनीयता छैन भन्ने बुझिन्छ । दुर्घटना भएका बेला प्रहरीले जुन किसिमको सुरक्षा सम्बेदनशिलता अपनाउन पर्ने हो । त्यसमा केही चुकेको भने पक्कै चुकेकै हो । सबैभन्दा महत्वपुर्ण कुरा विद्यालय शान्ति क्षेत्र हो । शैक्षिक संस्था सुरक्षित हुनु पर्छ भने विद्यार्थी स्वयम पनि सुरक्षित हुन र रहन आवश्यक छ । त्यसो हुन सके विद्यालय क्षेत्रमा हुने गरेको सवारी दुर्घटना केही हदसम्म भएपनी कम हुने थिए की ?

प्रकाशित मितिः बिहिबार, मंसिर २६, २०७६     5:20:26 PM  |