कोहलपुर।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदको लागि अहिले मतमणना भईरहेको छ । अहिले सम्मको जानकारी अनुसार 6 सय मत गणना भईसकेको छ । तर एक्कासी पत्रकारलाई मतगणना स्थलमा प्रवेश रोक लगाईएको छ । सूचना बाहिरिएको भन्दै पत्रकारहरुलाई प्रवेश निषेध गरिएको हो । अहिले मतगणना स्थलमा पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको छ । यस विषयमा थप जानकारी लिन खोज्दा जिल्ला निर्वाचन अधिकारी खुम प्रसाद सुवेदीको फोन उठेन ।
प्रकाशित मिति : २०७६ मंसिर १४ गते शनिबार








प्रतिक्रिया दिनुहोस्