दुर्घटनामा तीनको मृत्यु



सुर्खेत ।

दैलेखमा माइक्रो बस दुर्घटना हुँदा तीनजनाको मृत्यृ भएको छ । १५ जना घाइते भएका छन ्। मृतक तिनैजनाको सनाखत हुनुका साथै घाइते सबैको पहिचान खुलेको दैलेख प्रहरीले जनाएको छ ।

दुर्घटना मृत्यृ हुनेमा दैलेख घर भई बर्दिया सानोश्री, ८ ताराताल बस्ने २९ वर्षीय नामबहादुर बढुवाल, उनकी श्रीमति २७ वर्षीया कमला बढुवाल र वीरेन्द्रनगर नगरपालिका ३ बस्ने ५७ वर्षीय थिरे कामी रहेका छन् ।

सुर्खेतबाट दैलेख आउँदै गरेको भे. १ ज १०२९ नम्बरको माइक्रो बस शुक्रबार बिहान दैलेखको गुरास गाउँपालिका ४ मुंग्रामा दुर्घटना भएको थियो । घाइतेहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १४ गते शनिबार