बागेश्वरी क्याम्पसमा सरसफाई



कोहलपुर । 
बाँकेको कोहलपुर नगरपालिकामा रहेको बागेश्वरी बहमुखी क्याम्पसमा सरसफाई गरिएको छ ।

शुक्रबार बिहान विद्यार्थीहरुद्धारा सरसफाई गरिएको हो ।

क्याम्पस परिसरमा सरसफाई गरिएको साविक अनेरास्वावियु क्याम्पस कमिटीका अध्यक्ष हेमन्त भट्राईले जानकारी दिए ।

उनका अनुसार सामाजिक उत्तरदायित्व बोध गर्ने र सरसफाईका लागि सबैलाई सन्देश दिनको लागि कार्यक्रममको आयोजना गरिएको हो ।

सरसफाई कार्यक्रम अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य सुर्य रोकायको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रममा २ सय जना भन्दा बढि विद्यार्थी सहभागी भएको अध्यक्ष भट्राईले बताए ।

 

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ६ गते शुक्रबार