कोहलपुर ।
आचारसंहिता विपरीत निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरेको पाईएको छ । आगामी मंसीर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि बाँकेको कोहलपुर नगरपालिका वडा नं.६ को चुनावी प्रचारमा सरकारी गाडीको प्रयोग गरिएको हो ।
नेपाली काँग्रेसका नेता तथा पुर्व राज्यमन्त्री तप्त विष्टले प्रयोग गर्दै आएको बा २ झ ३४९७ नम्बरको गाडी चुनाव प्रचार प्रसारमा प्रयोग गरेको भेटिएको छ । चुनावी अभियानमा प्रयोग हुृँदै आएको उक्त गाडी स्थानियले नियन्त्रणमा लिएका छन् ।
मंगलबार बेलुका नेपाली काँग्रेसका नेताहरुसहित प्रचारप्रसारमा प्रयोग भईरहेको गाडी नियन्त्रणमा लिईएको नेकपा कोहलपुर नगर अध्यक्ष बसन्ती अधिकारीले जानकारी दिइन् । गाडी नियन्त्रणमा लिएपछि त्यहाँ झडवको स्थिती सृजना भएको छ ।
आचारसंहिता बिपरित प्रयोग भएको गाडी नियन्त्रणमा लिएपछि आफुहरुबिरुद्ध काँग्रेस निकट युवाहरुले आक्रमणको प्रयास गरेको पाण्डेले बताए । अहिले त्यस क्षेत्रमा प्रहरी परिचाल गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्