कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको कोहलपुर जेसीजले सप्ताह कार्यक्रम सम्पन्न भएको छ । गत कार्तिक २७ गतेबाट सुरु भएको कोहलपुर जेसीज वर्ष २०१९ ले विभिन्न कार्यक्रम गरी आफ्नो सप्ताह कार्यक्रम मंगलबार सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले कोहलपुर जेसीजले युवाहरुलाई सकारात्मक रुपमा परिर्वतन गर्न योगदान दिएको बताए । ‘समाजलाई नेतृत्व गर्नका कुशल यूवाहरु चाहिन्छ’ उनले भने, ‘जुन अहिले कोहलपुर जेसीजले गरिरहेको छ ।’
कयौं यूवाहरुलाई कुलतमा लाग्न नदिन कोहलपुर जेसीजले निकै महत्वपुर्ण काम गरेको उनको भनाई रहेको थियो । कोहलपुर जेसीज वर्ष २०१९ अध्यक्ष संगिता सुवेदीले युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्न उद्देश्यले संस्थाको स्थापना भएको बताइन् । ‘समाजमा रहेका १८ वर्षदेखि ४० वर्षका यूवाहरुलाई आबद्ध रहेका छन्’ उनले भनिन् ‘जुन युवाहरुले समाजमा केही काम गर्ने सक्ने व्यक्ति उत्पादन गर्नेछ ।’ अहिलेका युवाहरुले समाजमा भएका विकृतिलाई निरुसाहित गरी सकारात्मक भावनाको विकास गर्नुपर्नेमा उनले जोड थिइन् ।
कार्यक्रममा सुर्खेत भेरी गंगा जेसीज वर्ष २०१९ का उपाध्यक्ष नवराज उपाध्ययले जेसीजले परिपक्क र गतिशिल समाज निर्माण गर्नेमा जोड दिए । ‘म को हु मैले समाजमा के गर्नु आवश्यक छ भन्ने कुरा जेसीजले सिकाउँछ’ उनले भने ‘समाजमा रहेका विकृतिका विरुद्ध गरी समाजिक कार्य तर्फ अग्रसर बनाउन मद्धत गर्दछ ।’
कोहलपुर जेसिजले आफ्नो सप्ताह कार्यक्रम अन्र्तगत कोहलपुर नगरपालिका ६ मा महिला तथा बृद्धाबृद्धहरुलाई निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जेसीज वर्ष २०१९ का कानूनी सल्लाहाकार लुना बुढाथोकीले बताइन् ।
‘निलसागरको कोहलपुर शाखालाई १० हजार बराबरको खाद्य सामाग्री निलसागरका अध्यक्ष सरिता खनाललाई हस्तान्तरण गरेका हौ’ उनले भनिन्, ‘कोहलपुर नगरपालिका १० मा रहेको त्रिभुवन माध्यामिक विद्यालयमा दन्त शिविर र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कोहलपुरका मुल गेटहरुमा बोर्ड राखेका थियौं ।’ हाजिरी जवाफ प्रतियोगिता, ब्याटमिण्टन प्रतियोगिता समेत गरेको उनको भनाई थियो ।
जेसीजका वर्ष १९९६ का पूर्व राष्ट्रिय अध्यक्ष सिनेटरी रविन्द्र कर्णले जेसीजमा आबद्ध हुन चाहाने युवाहरुलाई पुर्व जेसीज शिक्षा तालिम सम्बन्धी प्रशिक्षण गरी सप्ताह कार्यक्रम समापन गरेको बुढाथोकीले जानकारी दिइन् ।








प्रतिक्रिया दिनुहोस्