रावन बिश्वकर्मा, बाँसगढी ।
भ्रमण वर्ष २०२० लाई लक्षित गरेर बर्दियाको बाँसगढीमा नगर सरसफाई अभियान सुरु गरिएको छ । ‘सफा बाँसगढी, हरियाली बाँसगढी’ बनाउने उद्देश्यका साथ बाँसगढी बजार सरसफाई अभियान शनिबार देखि सुरुवात गरिएको हो ।
‘सुन्दर हरियाली र सफा शहर, समृद्ध र समुन्नत बाँसगढी नगर’ भन्ने नारालाई सार्थक बनाउन बाँसगढी उद्योग वाणिज्य संघको सक्रियता र बाँसगढी नगरपालिकाको सहभागितामा बाँसगढी बजार सरसफाई गरेर अभियान सुरु गरिएको थियो । संघको आह्वानमा नगर स्तरिय युवा सञ्जाल, बाँसगढी युवा सरोकार समिति, नगर स्तरिय बाल सञ्जाल, नगर स्तरिय खानेपानी तथा स्वच्द्धता समन्वय समितिले आ–आफ्नो ब्यानर सहित बाँसगढी बजार सरसरफाई कार्यक्रममा सहभागि भएका थिए ।
बजार सरसफाई कार्यक्रममा संघका अध्यक्ष रामसिंह थारुले आफ्नो गाउँ र घर आगनलाई आफै सफा सुग्घर बनाउन सन्देश दिने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको बताए । बाँसगढी नगरपालिका र उद्योग वाणिज्य सँघले नगर सरसफाई गर्ने नभएर आफ्नो घर आगन आफै सरसफाई गर्न प्रेरित गर्न महिनामा १ पटक सन्देश मुलक सरसफाई कार्यक्रम सञ्चालन गर्ने उनको भनाई रहेको थियो ।
कार्यक्रममा बोल्दै बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले सरसफाई गर्नका लागि नभई सरसफाई गर्नका लागि सचेतना जगाउन नगर सरसफाई अभियान सञ्चालन गरिएको दाबी गरे ।
उनले बाँसगढी क्षेत्रमा विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा बाँसगढी बजार सरसफाई गरिदै आए पनि निरन्तरता नभएको बताए । ‘जब सम्म आफ्नो आगनको सरसफाई आफै गर्नुपर्छ भन्ने भावनाको विकास हुदैन । तब सम्म सरसफाई अभियानको सार्थकता हुदैन’ उनले भने ।
सरसफाई अभियानमा स्थानीय जनप्रतिनिधीहरु, नगरपालिकाका कर्मचारी, उद्योगी व्यवसायी, विभिन्न राजनितिक दलका प्रमुख प्रतिनिधी, युवाहरु, सुरक्षाकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्