कोहलपुर ।
बाँकेको कोहलपुर जेसिसले आयोजना गरेको हाजिरी जवाफ प्रतयिोगितामा पञ्चमुखी इंलिस माध्यमिक विद्यालय प्रथम भएको छ । जेसिसले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएको हाजिरी जवाफ प्रतियोगितामा पञ्चमुखी विद्यालय प्रथम भएको हो ।
उक्त विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा सुजाता चागापाई र कक्षा १० मा अध्ययनरत छात्र महेन्द्र दाहाल प्रथम भएका छन् । यस्तै बाल ज्योती इंलिस माध्यमिक विद्यालयका कक्षा ९ का किरण थापा र कक्षा १० की राधिका शाही द्धितीय भएका हुन् । त्यस्तै कोहलपुर बागेश्वरी इंलिस स्कुलका कक्षा ८ मा अध्ययनरत सदिक्क्षा भट्टराई र कक्षा ९ का छात्र दोर्न कुमार सेडाई तृतीय भएकाको जेसिसले जनाएको छ ।
प्रकाशित मिति : २०७६ कात्तिक ३० गते शनिबार









प्रतिक्रिया दिनुहोस्