नेपाल तरुण दल बाँकेले आज जिल्ला बन्द घोषणा



नेपालगञ्ज ।

नेपाली काँग्रेस निकट नेपाल तरुण दल बाँकेले आज जिल्ला बन्दको घोषणा गरेको छ ।

आफ्ना नेता कार्यकर्तालाई प्रहरीले राजनितिक प्रतिसोध साधेर फसाएको भन्दै प्रहरीको विरोधमा बाँके बन्दको घोषणा गरेको हो ।

बन्दमा यातायात, शिक्षण संस्था, कलकारखाना लगायतका सबै बन्द रहेको तरुण दल बाँकेले जनाएको छ । एम्बुलेन्स, पत्रकार लगायतका अत्याआश्वयक भने चल्न दिइने छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २९ गते शुक्रबार