29 April 2024  |   सोमवार, बैशाख १७, २०८१

विद्यार्थीकोे मासिक शुल्कमा वृद्धि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक २०, २०७६  

रावन बिश्वकर्मा, बाँसगढी ।

बर्दिया बहुमुखी क्याम्पस लक्ष्मणाले विद्यार्थीको मासिक शुल्क बढाएको छ । क्याम्पसको चौथो साधारण सभाबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले विद्यार्थीको मासिक शुल्क बढाएको हो । बैठकले प्रति विद्यार्थी २ सयका दरमा शुल्क बढाउने निर्णय गरेको क्याम्पस प्रशासनले जनाएको छ । यस अघि विद्यालयले मासिक रुपमा ७ सय रुपैयाँ तिर्दै आएका थिए । अब मासिक प्रति विद्यार्थी ९ सय का दरले शुल्क तिर्नु पर्ने भएको छ । यस्तै क्याम्पस सञ्चालन समितिका अध्यक्ष, कार्यसमिति, लेखा समिति, पदेन सदस्य लगायतको बैठ्कले मासिक शुल्क २ सयका दरले बढाउने निर्णय गरेको क्याम्पस प्रमुख टुकनाथ भुषालले बताए । उनका अनुसार पब्लिक क्याम्पस संघ बर्दियाको क्याम्पसहरुमा न्युनतम ९ देखि १२ सय मासिक शुल्क बनाउने निर्णय अनुसार नै क्याम्पसले पनि न्युनतम शुल्क बृद्धि गरिएको हो ।

क्याम्पस प्रमुख भुषालले क्याम्पसमा शिक्षक कर्मचारीलाई तलब खुवाउन नगरपालिका, विश्व विद्यालयले पनि अनुदान नदिने भएकाले शिक्षक कर्मचारीलाई तलव नै खुवाउन असहज भएकाले पनि मासिक शुल्क बृद्धि गर्नु परेको उनको भनाई छ । बर्दियाका अन्य पब्लिक क्याम्पसहरुले निर्धारण गरेको मासिक शुल्कलाई पछ्याउदै बर्दिया बहुमुखी क्याम्पसले पनि मासिक शुल्कमा केही समायोजन मात्रै गरेको भुषालले जानकारी दिए । बर्दिया बहुमुखी क्याम्पसका स्ववियु सभापति सागर पौडेलले भने विद्यार्थीको ढाड सेक्ने गरी मासिक शुल्क बृद्धि गरिएको बताएका छन् । स्वंवियु सभापति पौडेलका अनुसार क्याम्पस सञ्चालक समितिको मासिक शुल्क बृद्धि गर्ने निर्णय प्रति आफ्नो बिपती रहेको र विद्यार्थीहरुले बार्षिक २ हजार ४ सय बढी भार थेक्नु पर्ने हुन्छ । उनले क्याम्पसको निर्णय सच्याउन समेत माग गरेका छन् ।

प्रकाशित मितिः बुधबार, कार्तिक २०, २०७६     8:21:42 AM  |