सम्पादकीय : किसानलाई राहात



देशभरका प्रायःकिसानका खेतमा रोपिएको गरिमा जातको धानले यसपटक आफ्नो गरिमा अनुसार काम गरेन । नाम गरिमा भएपनि किसानको नजरमा गरिमा गर्न लायक धान हुन सकेन । देशभर गरिमा जातको धान रोपेका किसानको मिहेनतको फल पाउन पनि सकेनन् । कारण गरिमा जातको धानमा फौजी किराको आक्रमणले अपेक्षा अनुसार धानमा किसानको खेतमा फलेन । धान भित्याउने बेला गरिमा जातको धानमा देखिएको समस्याका कारण धेरै किसान प्रभावित हुन पुगे । एकातिर गरिमा जातको धान त फलेन नै अर्कातिर मौषमी बालीको भरमा जीवन जिई रहेका किसानको गाँस खोसियो । तर लामो समय वितिसक्दा समेत फौजी किरा पिडित किसानले राहात पाउन सकेका छैनन् ।

कृषिमा मात्र निर्भर किसानलाई समस्या पर्दा सबै भन्दा अगाडी सरकार पुग्नु पर्ने हो । तर त्यसो हुन सकेन । विभिन्न तराईका जिल्लामा देखिएको यस्तो समस्या आएको थाहा पाएपछि केही संघ तथा प्रदेशका सांसदहरु प्रभावित क्षेत्रमा पुगेर जनताका समस्या बुझे । केही समय पछि सरकारी टोली समेत त्यस क्षेत्रमा पुग्यो । क्षतीको विवरण समेत संकलन गरियो । किसानलाई राहात दिने आस्वासन समेत किसानले पाए । तर अहिले सम्म राहात नै पाएका छैनन् । राहात नपाएपछि स्थानीय सरकार, प्रदेश सरकारको समेत व्यापक आलोचना भईरहेको छ । आफुहरुको समस्या सरकार बेखबर जस्तै भएको भन्दै आलोचना गरेका हुन् । नेपाल कृषि प्रदान देश हो । यहाँको प्रमुख पेसा नै कृषि हो । तर यहाँका प्रमुख बाली मानिएको धानमा फौजी किराको संक्रमण हुँदा राज्य चुप लागेर बस्न मिल्दैन ।

देशका जनतालाई समस्या परेका बेला समस्याको समाधानमा जिम्मेवार हुनु उसको पहिलो कर्तव्य हो । तर किसान राहातको लागि रोईकराई गरिहेका छन् । घर घरमा सिंहदरबार आएको अनुभूति जनाताले गर्न पाउनु पर्छ । किसानहरुको समस्या समाधानको लागि तत्काल राहात वितरण गरिनु पर्छ ।राहात वितरणमा सरोकारवालाहरुले कन्जुस्याई गर्नु हुदैन । छिटो भन्दा छिटो राहात वितरण गरेर किसानहरुको माग सम्बोधन गर्नु पर्ने देखिन्छ । सरकार जनमुखी हुनु अहिलेको आवश्यकता हो । भने किसान र आम नागरिक राज्य भएको अनुभूति हुनैपर्छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक १९ गते मंगलबार