सरकारले तोक्यो प्रदेश प्रमुख : बाँकेका तिलक परियार सिफारिस



कोहलपुर ।

नेकपाको सिफारिसमा प्रदेश प्रमुखमा पर्नु भएका बाँकेका तिलक परियार लामो समय कम्युनिष्ट राजनीति गर्नु भएको हो । उहाँले तत्कालिन नेकपा माओबादी भुमिगत राजनीतिमा पनि सक्रिय रुपमा काम गर्नु भएको थियो । लोकतान्त्रिक गणतन्त्र पश्चात उहाँ २०६४ मा बाँके निर्वाचन क्षेत्र नं. १ संविधान सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

परियारले भारतको दिल्ली विश्व विद्यालयबाट समाजशास्त्रमा स्नातक सम्मको अध्ययन गर्नु भएको छ । तत्कालिन नेकपाको २०२१ सालमा सदस्यता प्राप्त गर्नु भएका परियार पुष्पलाल श्रेष्ठसँग राम्रो सम्बन्ध भएका पश्चिमका व्यक्ति मध्येका पर्नु हुन्छ । उहाँ रोल्पा जिल्लाको लिवागममा जन्मिनु भएको हो । हाल बाँकेको कोहलपुर स्थायी ठेगाना भएका परियार केही समय जेल जिवन समेत विताउनु भएको थियो । निडर स्वभावका परियार राजनीतिक र समाज सेवामा युवा अवस्था देखि नै काम गर्न लाग्नु भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक १८ गते सोमबार