21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

कोहलपुरमा प्रशोधन केन्द्र स्थापना गरिदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज १६, २०७६  

कोहदपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा प्रंशोधन केन्द्र स्थापना गरिने भएको छ । नगर क्षेत्रमा रहेको फोहोर व्यवस्थपनको लागि प्रशोधन केन्द्र स्थापना गरिने भएको हो ।

दिशाजन्य लेदो व्यवस्थापनको लागि उपयुक्त स्थानको खोजि गरी केन्द्रको स्थापना गरिने कोहलपुर नगरपालिकाले जनाएको छ । बुधबार प्रशोधन केन्द्र स्थापनाका विषयमा सरोकारावाला संग अन्र्तक्रिया गरिएको छ ।

प्रमुख लुट बहादुर रावतले बताए कोहलपुरलाई सफा र सुन्दर सहर बनाउनको लागि फोहोर व्यवस्थापनको दीर्घकालिन सोचका साथका केन्द्र स्थापना गर्न लागिएको बताए ।

उनका अनुसार त्यसको लागि सम्पुर्ण सरोकारवालाको समन्वयमा स्थान पक्का गरिने छ । यस्तै कोहलपुर क्षेत्रमा बृहत प्रशोधन केन्द्र निर्माण गर्नको लागि लुमन्ती आवशका लागि सहयोग समुहसंग समन्वय गरिने छ । उनका अनुुसार खोनपानी, स्वास्थ्य र सरसफाईको लागि नगरपालिकाको रणनितिक योजना तयार गरिने छ ।

भने सेनेटरी ल्याण्ड फिल्ड साईडको समेत निर्माणको लागि पहल गरिने भएको छ । छलफलमा सहभागि सराकारवालाले कोहलपुरको फोहोर व्यवस्थापन राम्रो सँग नभएकाले यसको विषयमा नगरपालिका गम्भिर हुन आवश्यक रहेकोमा जोड दिएका छन् ।

नगर प्रमुख सहित कार्यपालिका सदस्य तथा वडा अध्यक्ष सहितको सहभागिता रहेको कार्यक्रममा दशै, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

प्रकाशित मितिः बिहिबार, अशोज १६, २०७६     10:07:37 AM  |