डिल्ली शाही । कोहलपुर ।
नेपाली हिन्दु धर्मावलम्बीहरुको घर घरमा दशै पुगिसकेको छ । दशैको रौनक सँगै विभिन्न संस्था, सहकारी स्थानीय तहका आयोजनामा शुभकामना आदान प्रदान भईरहेका छन् । विभिन्न सामाजिक कार्य समेत विषेश पर्वहरुमा हुने गर्दछन् । यस्तै दशैँ, तिहार र छठ पर्वहरको अवसर पारेर कोहलपुर नगरपालिका वडा नम्बर ७ मा सरसफाई गरिएको छ । वडा कार्यालयको आयोजनामा गाउँ स्तरमा रहेका टोल सुधारहरको सहभागितामा सरसफाई गरिएको हो ।
वडा नम्बर ७ को वडा कार्यालय र विभिन्न सडकहरुमा सरसफाई गरिएको वडा अध्यक्ष दिपकजंग शाहले जानकारी दिए । उनका अनुसार दशैको अवसरमा बढि मानिसहरुको चाप हुने र सफा तथा सुन्दर वातावरणको लागि वडा कार्यालयको सक्रियतामा सरसफाई गरिएको हो । साताव्यापी सरसफाई असोज १० गते देखी शुरु भएको गरिएको शाहले जानकारी दिए । वडामा रहेका जमुनी टोल, लखना टोल क र ख, शान्ति टोल लगायातका क्षेत्रमा सरसफाई भईरहेको छ ।
वडा स्तरीय टोल सुधार कार्यदलका संयोजक खड्कजंग शाहले सभ्य नागरिकको पहिचान स्थापित गर्नको लागि सरसफाई थालिएको हो । कोहलपुर नगरपालिकाले नीति तथा कार्यक्रम मै क्लिन र ग्रिन सिटीको योजना लिएको छ । तर कोहलपुरमा मुल तथा सहायक सडकहरुमा भने फोहोर व्यवस्थापन नहुदाँ समस्या देखिएको छ ।
दशैँको मुखैमा सबैलाई राम्रो सन्देश प्रभाह होस भन्ने ध्यायले सरसफाई गरिएको वडा कार्यालयले जनाएको छ । सरसफाईको अन्तिम दिन मंगलबार आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा सम्पुर्ण वडा बासी लगायत नगरबासीहरुको सु–स्वास्थ्य र दीर्घायुको कामना गरिएको छ ।