कोहलपुर डेरी एशोसियशनको अध्यक्षमा रमिला



कोहलपुर ।

बाँके कोहलपुरमा रहेको कोहलपुर डेरी एशोसियशनको अध्यक्षमा रमिला थापा चयन भएकी छिन् । शनिबार सम्पन्न कोहलपुर डेरी एशोसियशनको प्रथम अधिवेशनबाट थापाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरिएको हो । जसको उपाध्यक्षमा चन्द्रबहादुर रावत, महासचिवमा सन्तोषराज पौडेल, सचिवमा पार्वती वली र कोषाध्यक्षमा कृष्ण प्रसाद चापागाँई चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यमा हरी भण्डारी र सन्तकुमार विश्वकर्मा चयन भएको नवनिर्वाचित महासचिव पौडेलले जानकारी दिए । प्रथम साधारणसभाको कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी चौधरीले उद्घाटन गरेकी थिईन् ।

उनले दुग्धजन्य सामग्रीको गुणस्तरमा विशेष ध्यान दिन व्यवसायीहरुलाई आग्रह गरिन् । ‘जन्मदेखि मृत्युपर्यन्त आवश्यक पर्ने दुधको उत्पादनदेखि वितरणसम्मको प्रक्रियामा स्वच्छता अपनाउनुपर्छ’ उनले भनिन्,‘सरकारले निर्धारण गरेको मुल्य सुचिलाई कडाईका साथ लागु गर्न डेरी एशोसियशनले समन्वयकारी भुमिका खेल्नुपर्छ ।’

कार्यक्रममा विभिन्न ब्यक्तिहरुले दुधको उत्पादन र बजारीकरणमा समानता हुनुपर्ने, दुधजन्य पदार्थको स्वच्छतामा विशेष ध्यान दिनुपर्ने, खुद्रा दुध ब्यवसायीलाई नियमन गर्नुपर्ने लगायतका कुरामा जोड दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज १२ गते आइतबार