कोहलपुर ।
बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ मटेहियामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।
दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य सुविधाका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
उक्त स्वास्थ्य शिविरको बाँके निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसदमहेश्वर गहतराज ‘अथक’ले उद्घाटन गरेका थिए ।
शिविरको प्रमुख अतिथि समेत रहेका सांसद ‘अथक’बाँके जिल्ला कै विकट मानिएको नरैनापुर क्षेत्रमा स्वास्थ्य र लागु औषधका बारेमा जनचेतनामुलक कार्यक्रम संचालन गरर्न आवश्यक रहेको बताए ।
उनका अनुसार मानिसको लागि स्वास्थ्य सेवा पहिलो प्राथमिकता हो ।
समाजमा रहेका समस्या समाधानको लागि राजनितिक दल, स्थानिय सरकार लाइ जागरण अभियानका लागि अग्रसर हुन आह्वान गरेका छन् ।
सांसद ‘अथक’ले नेपालमा डेङ्गु रोग भित्रिइ सकेकाले यस प्रति सचेत रहन आग्रह गरेका छन् ।
सामुदायिक प्रहरी नेपालगँजका प्रमुख दिपेन्द्र जोसीले गाउँपालिकाका विभिन्न क्षेत्रमा डेंगु तथा अन्य रोगको ल्याबको समेत ब्यवस्था रहेको जानकारी दिए ।
कार्यक्रममा ५ नम्बर प्रदेश सांसद कृष्णा के.सी. ‘नमुना’ नरैनापुर गा.पा. अध्यक्ष इस्तियाक अहमद साह लगायतले मन्तव्य राखेका थिए ।
सामुदायिक प्रहरी सेवा केन्द्रे सहकार्यमा क्षेत्रिय प्रहरी अस्पतालको आयोजनामा शिविर सम्पन्न भएको हो









प्रतिक्रिया दिनुहोस्