अध्यक्षमा भट्टराई



कोहलपुर ।

पारिवारिक निजी वन संघ नेपाल प्रदेश नम्बर ५ को अध्यक्षमा बलराम भट्टराई चयन भएका छन् । प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा सम्पन्न संघको प्रथम अधिवेशनबाट भट्टराई अध्यक्षमा चयन भएका हुन् ।

अधिबेशनबाट संघको उपाध्यक्षमा विजय विक, सचिवमा किरण ढकाल, सह–सचिवमा कल्पना भण्डारी र कोषाध्यक्षमा बोनिका भण्डारी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा खेमराज वलि, जया पाण्डे, डिला कौसल लगायतहरु रहेको नवनिर्वाचित अध्यक्ष भट्टराईले जानकारी दिए ।

प्रदेश ५ को प्रथम अधिबेशन उद्योग ,पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उद्घाटन समारोहमा बोल्दै मन्त्री गिरीले वन क्षेत्र जोगाउनको लागि पारिवारिक निजी वनको ठूलो भुमिका हुनेमा जोड दिएका थिए ।

प्रदेश सरकारले पारिवारिक निजी वनलाई प्रोत्साहन गर्नको लागि केही कार्यक्रमहरु अगाडि सार्न गइरहेको उनले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज १ गते बुधबार