कोहलपुरमा बुद्धिचाल प्रतियोगिता



कोहलपुर ।

बाँकेको कोहलपुरमा मंगलबार आधारभूत तह स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । एन प्याब्सन कोहलपुर नगर कमिटीको आयोजनामा आधारभूत तह स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको हो । बुद्धिचाल प्रतियोगितामा वस्र्टन माविका प्रिन्स गुरुङ प्रथम, पञ्चमुखि माविका सिद्वार्थ पुन द्वितीय र नमूना विद्यासदन माविका सञ्जय बाँनिया तृतीय भएका छन् ।

कार्यक्रमको आरबिटर पशुपत्ति नाथ योगि रहेको बताइएको छ । बुद्धिचाल प्रतियोगिताको कोहलपुर नगर शिक्षा शाखाका विद्यालय निरीक्षक जीवन न्यौपानेले विद्यार्थीको व्यक्तित्व विकासका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका रहने बताए । उनले बालबालिकालाई पाठ्यक्रमले तोकेको विषयवस्तु भन्दा बाहिरको ज्ञान हासिल गर्न यस्ता कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिए ।

उद्घाटन समारोहमा बोल्दै एन प्याब्सन कोहलपुर नगर कमिटीका अध्यक्ष किशोरराज मल्लले बालबालिकाको बौद्धिक विकासका लागि प्रतियोगिताको आयोजना गरिएको बताउँदै बालबालिकाको अन्तर्निहित क्षमताको विकास हुने बताए । कार्यक्रममा एन प्याब्सन कोहलपुर नगर कमिटीमा आवद्ध १० वटा विद्यालयको सहभागी रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज १ गते बुधबार