समाजवादी पार्टीले संविधान दिवसमा सहभागिता नजनाउने



काठमाडौ।

समाजवादी पार्टी नेपालले संविधान जारी भएको दिन आगामी असोज ३ गते खुशीयालीका रूपमा दिपावली नमनाउने र विरोध पनि नजनाउने भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान दिवसका दिन कुनै पनि कार्यक्रममा पार्टीको सहभागिता नरहने निर्णय गरेको हो ।

सो पार्टीले संविधान जारी भएको दिन ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’ विषयमा सातवटै प्रदेश राजधानीमा अन्तक्र्रियात्मक कार्यक्रम गर्ने जनाएको छ । संविधान जारी भएको दिनका सन्दर्भमा खुशीयाली नमनाउने र विरोध पनि नगर्नुका साथै संविधान संशोधनबारे अन्तक्र्रियात्मक कार्यक्रम आयोजना गरिने समाजवादी पार्टीका प्रचार विभाग प्रमुख प्रशान्त सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । -रासस

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ ३१ गते मंगलबार