29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

पत्रकार चौधरी पुरुस्कृत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ २४, २०७६  

बाँसगढी, बर्दिया ।

बर्दियाको बाँसगढीमा रहेको रेडियो गुर्बाबा एफएमकी स्टेशन म्यानेजर पुष्पा चौधरी पुरस्कृत भएकी छिन् । थारु समुदायमा हराई रहेको संस्कार, संस्कृति संरक्षण र प्रर्बद्धन गर्नुको साथै थारुहरुको हक अधिकारको बिषयमा सञ्चार माध्यमबाट महत्वपुर्ण भुमिका खेलेको भन्दै थारु पत्रकार संघ नेपालले चौधरीलाई पुरुस्कृत गरेको हो ।

चितवनमा भएको संघको चौथो केन्द्रिय अधिबेशनमा नेपालका बिभिन्न जिल्लाका पत्रकार मध्ये ४ जनालाई पुरुस्कृत गर्ने क्रममा स्टेशन म्यानेजर चौधरीलाई पनि पुरुस्कृत गरिएको थियो । उनी थारु पत्रकार संघ नेपालको केन्द्रिय सदस्य समेत हुन् । वि.स. २०५८ सालदेखि रेडियो नेपाल क्षेत्रिय प्रसारण केन्द्र सुर्खेतबाट थारु भाषामा ‘ख्याल’ कार्यक्रम सञ्चाल गर्दै चौधरीले पत्रकारीता पेशामा प्रवेश गरेकी थिईन् ।

प्रकाशित मितिः मङ्लबार, भदौ २४, २०७६     8:35:15 AM  |