पाँच महिना अगाबै सकिन्छ आधुनिक घण्टाघरको फाउन्डेशन : अर्जुन पनेरु



कोहलपुर । 

बाँकेको कोहलपुर नगरपालिकाले बनाउन लागेको आधुनिक घण्टाघरको फाउन्डेशन ढलान कार्य गर्न सम्झौता गरेको भन्दा ५ महिना अगाबै सकिने भएको छ । जय भवानी निर्माण सेवाले यही असार महिनामा सम्झौता गरेको थियो तर असौजमा नै काम सम्पन्न गर्ने भएको छ ।

जयभवानी निर्माण सेवाका सञ्चालक तथा ठेकेदार अर्जुन पनेरुले विभिन्न राजनितिकका बाबजुत पनि काम अगाडि बढाएको बताए । उनले भने अहिलेसम्म कुनै पनि काम पछि परेको छैनन् । काम अनुसारको दाम पनि लिन्छु । जसले काम गर्छ उसलाई राम्रो गर्नुपर्छ उनले थपे, मैले ५ महिना पहिलै काम सम्पन्न गनेभनेपछि स्थानीय पनि खुसी भएका छन् ।

धेरै समयमा पनि बन्न नसकेकको आधुनिक भ्यूटावर अब आफ्नो निर्माण सेवाले ठेक्का लिएपछि सफल भएको उनको दावी थियो । ८ वटा पिल्लरमध्ये ६ वटा बाहिर हुन्छन् दुई वटा भित्र हुन्छन् । यसको उचाई १२० मि. हुने उनको भनाई थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २२ गते आइतबार