मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ २२, २०७६
कोहलपुर ।
४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा १० जना विद्यालयका प्राधानाध्यापकहरुलाई सम्मान गरेको छ ।
शिक्षा दिवसको अवसरमा कोहलपुर नगरपालिकाकाले साक्षर घोषणा गर्ने क्रममा सहयोग गरेका १० जना प्राधानाध्यापकहरु सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा एकदेव पन्थी, बद्रिनाथ सापकोटा, छविलाल खत्री, खडानन्द पौडेल, भरत बहादुर रावत, गोविन्द मिश्र, देवका थापा, आनन्द प्रसाद भट्राई, जयद अहमत खाँ र जयकिसन यादव सम्मानित भएका हुन् ।