29 April 2024  |   सोमवार, बैशाख १७, २०८१

‘छिट्टै प्रदेशको राजधानी टुङ्गो लाग्छ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६  

गुल्मी ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले छिट्टै प्रदेशको नामाङ्कन र राजधानीको यसै वर्ष टुङ्गो लगाउने बताएका छन् । आपसी सहमतिमा प्रदेशको नामाङ्कन गरी विवाद रहित स्थानमा प्रदेशको राजधानी टुङ्गो लगाउने बताए । मंगलवार गुल्मी पुगेका मुख्यमन्त्री पोखरेलले उपयुक्त स्थानबारे विज्ञहरुले अध्ययन गरिरहेकाले प्रदेशको राजधानी यसै वर्षभित्रै टुङ्गो लाग्ने जानकारी दिए । ‘सबैलाई खुसीयाली हुने गरी सबै टुंगो लाग्छ’ उनले भने, ‘लामो समय कुर्नु पर्दैन, विज्ञहरु संग छलफल भईरहेको छ । ’ उनका अनुसार जनतामा यस विषयमा निराशा छाएको भन्दै अव कसैले पनि निराश हुनु पर्छैन ।

पत्रकार सम्मेलनमा बोल्दै उनले पहिलो वर्ष संघीयता कार्यान्वयनको वर्ष भएको बताए । संविधानको मूलमर्म अनुसार संघीयता कार्यान्वयन गर्नुपर्ने भएकाले केन्द्र, प्रदेश र स्थानिय तहमा संघीयता कार्यान्वयन सफल रुपमा अघि बढेको उनले बताए । वितेको वर्ष कानुन निर्माणको वर्ष भएको र ढिलो रुपमा प्रशासनिक संरचना प्राप्त भएपनि संघीयता कार्यान्वयन गर्ने सवालमा प्रदेश ५ पहिलो प्रदेश भएको उनले बताए । सरकारले सुधारका कार्यक्रमहरु अगाडि बढाइरहेकाले ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा पूरा गर्ने गरी काम भइरहेको बताए ।

प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६     9:23:22 AM  |