1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा तीन जना युवाहरुलाई सम्मानित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन २७, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको नगरस्तरीय युवा सञ्जालको आयोजनामा भएको अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा तीन जना युवाहरुलाई सम्मानित गरेको छ । सोमबार कोहलपुरको नगर सभाको हलमा भएको कार्यक्रममा कोहलपुरका उद्यमी, व्यवसायी, साहित्य गरी तीन जनालाई सम्मानित गरेको हो ।

मध्य तथा सुदरपश्चिमकै उत्कृष्ट होटल सेन्टर प्लाजाका होटल ब्यवसायी देवानन्द अर्याल, साहित्यकार सुमित्रा न्यौपाने र सफल उद्यमी मधु खड्कालाई सम्मान गरीएको नगर सञ्जालका अध्यक्ष रमेश मिजारले जानकारी दिए ।

देवानन्द अर्याल

कोहलपुर मै होटल व्यवसाय मार्फत छुट्टै पहिचान बनाउन सफल देवानन्द अर्याल , होटल सेन्टर प्लाजाका मालिक हुन् । यिनले सयौ जनालाई राजगारी दिनको साथै स्वदेशी मै बसेर पनि समाजको लागि योगदान दिन सकिन्छ भन्ने उदाहरणका रुपमा रहेका छन् ।

 

 

 

सुमित्रा न्यौपाने

कोहलपुर साहित्य क्षेत्रमा एक परिचित नाम हो, सुमित्रा न्यौपाने पत्रकारिता, शिक्षण र खेलनमा पनि उत्तिकै सक्रिय छिन् । उनको आँखा र आँखाहरु क्था संग्रह प्रकाशित छ भने, विभिन्न पत्रपत्रिकामा नारीका विषयमा केन्द्रीत रहेका साहित्य मार्फत योगदान गर्दै आएकी छन् ।

 

 

 

 

 

 

मधु खड्का

लामो समय पत्रकारिता क्षेत्रमा समेत काम गरेकी उद्यमी मधु खड्काले सम्मानले आफुलाई प्रेरणाका साथै थप जिम्मेवारी समेत थपिएको बताईन् । उनी अहिले गोरख नाथ टेनिङ सेन्दर प्रा।ली संचालन गर्दै आएकी छन् । उनले विषेश गरी आफुले सिपमुलक र प्रयोगगात्मक शिक्षाका माध्यमबाट रोजगारीको अवसर सृजना गरिहेकी छन् ।

प्रकाशित मितिः सोमवार, साउन २७, २०७६     3:31:04 PM  |