केही दिन अघि आएको एकै छिनको झरीले कोहलपुरको केही क्षेत्र जलमग्न भए । वर्षाले उक्त क्षेत्रका मानिस नराम्रो सँग प्रभावित हुनुप¥र्यो । अहिले वर्षातको समय छ । यस क्षेत्रमा कूनै पनि बेला ठूलो मात्रामा वर्षात हुने सम्भावना रहेको छ । नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्प प्रश्चात पश्चिम क्षेत्र यसबाट सबै भन्दा बढि प्रभावित हुने बैज्ञानिकहरुले बताउदै आएका छन् । विभिन्न अध्ययनले समेत यस क्षेत्र विपद्को जोखिम क्षेत्र भएको देखाएको छ । भूकम्प, बाढी, पहिरो, डुवान, आगजनी लगायतका विपद्बाट ठूलो क्षति हुने देखिन्छ । सानो वर्षाले यस क्षेत्रमा डुवानको समस्या रहेको देखाईसकेको छ । स्थानीयमा परेको समस्या समाधानको लागि सरोकारवाला निकायको सक्रियता नदेखिनु अर्को समस्या हुन सक्छ । यहाँ लामो समय देखी विपद् व्यवस्थापनका विषयमा समय समयमा प्रयासहरु हुने गरेको भएपनि ठोस रुपमा कार्ययोजना नआउनु नै कमजोरी हो ।
विपद् बाजा बजाएर, तामझाम्का साथ आउदैन । यो त अकस्मात हुने प्रक्रिया हो । त्यसको पुर्व तयारी नै उपयुक्त विकल्प हुन्छ । त्यसैले विपद् व्यवस्थापनको लागि सबै सरोकारवाला एक जुट हुनुपर्ने बेला भएको छ । एकातिर स्थानीय सरकारले विपद् व्यवस्थापनमा ध्यान नदिएको गुनासो आईरहेका बेला केही नयाँ शुरुवात भने भएका छन् । यहाँका दुई स्थानीय तहमा सेन्सर जडान भएको छ । विपद्को पुर्व जानकारी दिने अध्याधुनिक प्रविधि हो सेन्सर मेसिन । यसबाट पुर्ण रुपमा सुरक्षित नहुने भएपनि विपद्बाट हुने क्षती कम गर्नको लागि यसले भुमिका भने पक्कै खेल्नेछ । विपद् व्यवस्थापनको लागि हामीले आफु स्वयम् पनि पुर्वतयारीमा रहन आवश्यक छ । भने भौतिक संरचनाहरु पनि विपद् मैत्री हुनुपर्ने हुन्छ ।
व्यवस्थित सहरीका माध्यमबाट विपद् व्यवस्थापनका उपाय अपनाउने विषयमा समेत गम्भिर छलफललाई प्राथमिकताका साथ अघि बढाईनुपर्छ । जनताहरुमा व्यवस्थापक जनचेनतामुलक कार्यक्रम मार्फत् सचेत बनाउनु पर्ने अहिलेको आवश्यकता हो । भैपरि आउने घटनाहरुमा ठुले तयारी भन्दा पनि साना– साना पुर्व तयारीका उपायले समेत अर्थ राख्दछ । जस्तो की भूकम्पको बेला झटपट् झोला, बाढी पहिरोका बेला अत्यावश्यक वस्तु, आगलागीका बेला अपनाईने सतर्कताका बारेमा सचेत रहनैपर्छ । यस्ता विपद् व्यवस्थापनका लागि आवश्यक पुर्व तयारीका सामाग्री तयारी अवस्थामा राख्नुपर्दछ । यस्ता पुर्व तयारीका साथ जस्तो सुकै अवस्थामा विपद् आईहालेमा हामी सुरक्षित बन्न सक्छौ ।