3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

वडा अध्यक्ष प्रहरी नियन्त्रणमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन १४, २०७६  

हुम्ला ।

सिमकोट गाउँपालिका वडा नम्बर २ का अध्यक्ष नरबहादुर भण्डारी (युगान्त) लाई प्रहरीले नियन्त्रणमा लिएको छ । हुम्ला जिल्ला अदालतका सुब्बा दानबहादुर रावतसँग विवादपछि हातपात गरेको आरोपमा वडा अध्यक्ष भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आर्थिक लेनदेनको विषयलाई लिएर तारेख लिन आउने सम्बन्धी विषयका सुब्बा रावतले साक्षी बसेको अध्यक्ष भण्डारीलाई दिउँसो जानकारी गराउँदा बेलुका मदिराको तालमा अदालल नजिकै आएर धम्की दिँदै हातपात गरेपछि उनलाई प्रहरीले जनाएको छ । अदालतका कर्मचारीलाई हातपात गर्ने वडा अध्यक्ष भण्डारी प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए ।

ठेहेका स्थानीय दुईजनाको आर्थिक लेनदेनमा अध्यक्ष भण्डारी साक्षी बसेको र उक्त कुरा अदालतसम्म पुगेको थियो । सो विषयमा तारेख बोक्ने दिन आएपछि अध्यक्ष भण्डारीलाई जानकारी गरिएको थियो ।

प्रकाशित मितिः मङ्लबार, साउन १४, २०७६     8:44:57 AM  |