1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

पाँच किलो चाँदी सहित गुप्ता पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन १४, २०७६  

नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जबाट अवैध पाँच किलो चाँदीसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलीले बर्दिया गुलरिया नगरपालिका ६ का सुवास गुप्तालाई पक्राउ गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा ८ सदरलाईनबाट सोमबार भन्सार छली गरेर ल्याउँदै गरेको पाँच किलो चाँदीसहित पक्राउ गरेको थियो । बाँकेले प्रहरीका अनुसार उनका साथबाट ५ किलो ४ सय ९५ ग्राम चाँदी फेला परेको थियो ।

धातु परिक्षणको लागी सुनचाँदी व्यवसायी संघ नेपालगञ्जमा पठाईएको बाँके प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले चाँदीसहित गुप्तालाई आवश्यक कारबाहीका लागी नेपालगञ्ज भन्सार कार्यालय पठाइएको जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, साउन १४, २०७६     8:37:16 AM  |